भुपु सैनिक संघ नुवाकोटद्धारा जेष्ठ नागरिकहरुलाई फलफुल वितरण

विदुर खबर २०७७ फागुन २७ गते १२:२३

नुवाकोट । नेपाल भुतपुर्व सैनिक संघ नुवाकोट र नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेड नुवाकोटले महाशिवरात्री तथा सेना दिवस २०७७ अवसर पारेर विदुर नगरपालिका वडा नम्बर ५ देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेको छ ।

Advertisement

देविघाटमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नेपाल भुतपुर्व सैनिक संघ नुवाकोट र नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेड जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ३२ जना बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेको नेपाल भुतपुर्व सैनिक संघ नुवाकोट तथा नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गगनसिंह गुरुङले जानकारी दिए ।

नेपाली सेनाको मुल मन्त्रलाई आत्मसाथ गरेर आफुहरुले वृद्धवृद्धालाई फलफुल वितरण गरेको अध्यक्ष गुरुङले बताए । यस्तै नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका उपाध्यक्ष देवकी पौडेलले आगामी दिनमा प्रतिष्ठानमा आएर अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

त्यस्तै संघका सचिव राजकुमार आचार्यले जीउँदो इतिहास बनेका वृद्धवृद्धाहरुलाई सेना दिवसको अवसरमा सम्मान गर्नु आफुहरुको सौभाग्य भएको बताए । उनले संघको तर्फबाट आगामी दिनहरुमा विविध कार्यक्रम ल्याएर प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुको लागि काम गर्ने बताए ।
त्यस्तै विभिन्न संघसंस्था र व्यक्तिको सहयोगले प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुको दैनिक गुजारा चलाउन सहज भएको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले बताए ।

फलफुल वितरण कार्यक्रममा नेपाल भुतपुर्व सैनिक संघ नुवाकोट र नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा अहिले ३२ जना बृद्धबृद्धाहरुले आश्रय लिइरहेका छन् ।

Advertisement

यसैविच बिहिबार नै नेपाल नेपाल भुतपुर्व सैनिक संघ नुवाकोट र नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको विदुरमा कार्यालय उद्घाटन गरिएको छ । संघका अध्यक्ष गगनसिंह गुरुङ लगायतका पदाधिकारीहरुले संघको झण्डोत्तोलन गरेर कार्यालय स्थापना गरेका हुन् ।

प्रतिक्रिया