कोरोनाले चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए
रसुवा । चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् ।
पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ ।
कामको सिलसिलामा करिब २ वर्षदेखि उहाँहरू केरुङमा पुग्नुभएको थियो । सिलाई, सुन पसल, सुपर मार्केट, गेष्ट हाउसमा काम गर्ने तथा आफैँले व्यवसाय गरेर बसेकाहरु फर्किएका प्रमुख एकनारायण भण्डारीले बताउनुभयो । ‘उहाँहरू एक महिनाअघि कार्यालयको सम्पर्कमा आउनुभएको थियो’, उहाँले भन्नुभयो, ‘एक महिनाको प्रयासपछि उहाँहरूलाई नेपाल ल्याउन सफल भयौँ ।’
कन्सुलर विभाग मार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर नेपाल फर्काइएको हो । केरुङमा नै कारोना परीक्षण गरेर उहाँहरूलाई नेपाल ल्याइएको हो । २०७६ माघ १५ गतेदेखि नाकाबाट मान्छेको आवतजावत हुन सकेको छैन । चीनबाट आउने सामग्री पनि चिनियाँ गाडीले नेपाली भूभागमा ल्याएर झारिदिने गरेको छ । कोरोना देखिनुभन्दा अघि केरुङमा व्यवसाय गरेर बस्ने नेपालीको संख्या धेरै थियो ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया