गेर्खुका वावुरामको नेतृत्वमा ड्वाचे खानेपानी उपभोत्ता समिति पुर्नगठन
नुवाकोट । ड्वाचे खानेपानी उपभोत्ता समितिको पुर्नगठन गरिएको छ ।
मंगलवार जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङको अध्यक्षतामा वसेको बैठकले १७ सदस्यीय ड्वाचे खानेपानी उपभोत्ता समितिको पुर्नगठन गरेको हो । समितिको अध्यक्षमा विदुर नगरपालिका वडा नम्बर ११ का वाबुराम तामाङ चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा सुर्यगढी गाउँपालिका वडा नम्बर ३ का कृष्णमान तामाङ,सचिवमा शंकर अधिकारी, कोषाध्यक्षमा अञ्जु अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शेरवहादुर तामाङ, भैरववहादुर तामाङ, आनन्दलाल श्रेष्ठ, नरवहादुर थापामगर, सुन्तली प्याकुरेल, लक्ष्मी तामाङ रहेका छन् । यस्तै समितिका अन्य सदस्यहरुमा ईश्वरवहादुर तामाङ, जितवहादुर घले, तिलक वहादुर तामाङ, बुद्धवहादु तामाङ, श्यामराज पाण्डे, रामचन्द्र तामाङ र कृष्णमान घले रहेका छन् ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले ड्वाचे खाने पानी आयोजना नुवाकोटको सबैभन्दा चर्चाका शिखर र प्रतिष्ठित आयोजनाको रुपमा रहेको भन्दै समितिमा राजनिति नगरी नागरिकहरुको हितमा काम गरी घरदैलोमा खानेपानी पु¥याउन निर्वाचित कार्यसमितिलाई आग्रह गरे ।
ड्वाचे खानेपानी आयोजनाले नुवाकोटको सुर्यगडी गाँउपालिकाको सबै वडा, लिखु गाँउपालिकाको २ वडा र विदुर नगरपालिकाको ३ वडामा बितरण हुने खानेपानी योजनाको रुपमा रहेको छ ।
उपभोत्ता समिति पुर्नगठन कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर तामाङ, विदुर नगरपालिकाका विभिन्न वडाका वषध्यक्ष तथा लिखु र सुर्यगढी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु सहभागी थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया