नुवाकोटमा ७ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

विदुर खबर २०७७ फागुन २५ गते २१:१२

नुवाकोट । नुवाकोटमा कोरोना भाइरस संक्रमणविरुद्ध साढे ७ हजार जनाले खोप लगाएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेका अनुसार मंगलवार साँझसम्म जिल्लामा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७ हजार ६ सय ५ पुगेको छ ।

पहिलो चरणमा जिल्लाको विभिन्न क्षेत्रमा अग्रभागमा रहेर काम गर्ने ३ हजार ८ सय ८६ जनाले खोप लगाएको कार्यालयका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिए । नुवाकोटमा दोस्रो चरणमा झन्डै २० हजार जनामा कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ ।

Advertisement

नुवाकोटमा एक हजार एकसय ४५ जनामा कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया