धादिङमा ७५ वर्षीया वृद्धाको हत्यामा संलग्न ५ पक्राउ

धादिङ । धुनिबेसी नगरपालिका–४ निवासी ७५ वर्षीया सान्नानी सार्कीलाई ०७७ पुस २४ गते हत्या गरेर सुन लुट्नेमध्येका ५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
ढुङ्गाले हानेर हत्या गरि मृतकको साथमा रहेको सुन लुटेर उनिहरु फरार भएका थिए । आरोपितमध्ये ४ जनालाई प्रहरीले माघ २५ गते र १ जनालाई फागुन १७ गते गिरफ्तार गरेको थियो ।
वृद्ध महिला हत्या आरोपमा पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका –१ का २५ वर्षीय अनिल थिङ भन्ने जय हादुर सिंगार फागुन १७ गते, खोटाङ जिल्ला कोटेहाङ गाउँपालिका–९का ३२ वर्षीय साजन विक, ओखलढुङ्गा जिल्ला चिसखुगडी गाउँपालिका–३ का २४ वर्षीय अबिसराज कार्की, नुवकोट जिल्ला बिदुर नगरपालिका ५ की ३३ वर्षीया पुष्पा कुमारी पौडेल र काभ्रे जिल्ला धुलिखेल नगरपालिका–२ घर भइ काठमाण्डौमा सुन व्यवसाय गर्दै आएका ४२ वर्षीय धनबहादुर कालीराज रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।
आरोपितहरुले हत्या पछि लुटेको सुन काठमाण्डौमा लगि विक्रि गरिसकेको अवस्थामा प्रहीले पक्राउ गरेको थियो । आरोपितहरुलाई कर्तव्य ज्यान र चोरी डाँका सम्बन्धी कसुरमा साजायँ गराउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया