इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँड: ५० कित्तासम्म सबैलाई

विदुर खबर २०७७ माघ १६ गते १०:०८

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैकको साधारण सेयर केही बेरमा बाँडफाँड हुँदैछ। बुधबार प्रिअलमेन्ट भइसकेको छ ।

Advertisement

५० कित्तासम्म माग अनुसार नै उपलब्ध हुने छ। कम्पनीले न्युनतम १० कित्तामा पनि आवेदन गर्ने ब्यवस्था गरेको थियो। ५० कित्तासम्म बाँडफाँडपछि गोलप्रथा गरिने छ। ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिने छ। ६० भन्दा बढि माग गर्नेले यसैबाट थप सेयर पाउने हुन्।

कम्पनीले ८ अर्बको सेयर जारी गरेको हो। सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ।

Advertisement

प्रतिक्रिया