नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
विदुर खबर
२०७७ माघ १४ गते १२:५३

नुवाकोट । नुवाकोटको दुप्चे्श्वर गाउँपालिकाको समुन्द्रटारमा निर्माणधिन बुद्धभुमि पावर आईपियो निश्कासनको माग गर्दे धितोपत्र बोर्डमा पुगेको छ ।
बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले आईपिओ निशाक्ष्णको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला आयोजना निर्माण गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया