तानाशाहले अन्तिम घडिमा ओली सरकारले झै नागरिकमाथि दमनमा उत्रन्छन् : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् । उनले सवै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहाँस रहेको उल्लेख गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसंग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताएका छन् ।
उनले प्रतिगमन विरुद्धका सवै आन्दोलनमा मेरो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन् । साथै लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफै अघिल्लो मोर्चामा हुने पनि बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया