ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने धादिङका दुई चालक पक्राउ
विदुर खबर
२०७७ माघ ११ गते १७:१४

नुवाकोट । काठमाण्डौमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालकलाई पक्राउ गरेको छ ।
शनिबार राती सवा ९ बजे कलंकी खसीबजार सडकखण्डमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, गएराति साढे ९ बजे कलंकी–खसीबजार सडकखण्डमा नै को १ ख ५००४ नम्बरको टिप्पर चालक पक्राउ गरेका छन ।
चालक मकवानपुरका कुलबहादुर घलानले पनि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया