चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति बनाइने
नुवाकोट । नुवाकोटको ऐतिहासिक क्षेत्र चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति गठन गरिने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनु भएको छ ।
शनिवार नुवाकोटको दुई प्रमुख पर्यटकिय स्थल देविघाट र नुवाकोटको अवलोकन भ्रमण पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले धेरै काम अहिले नै घोषणा गर्नुभन्दा पर्यटन विकासको लागि समिति बनाएर काम गर्नुपर्ने बताउनुभयो । नुवाकोटमा पर्यटकिय गतिविधि संचालन गर्न सके राजधानी वासीलाई छोटो दुरीमा मनोरञ्जनको अवसर मिल्नेछ ।
नुवाकोटमा संस्थागत पर्यटनको विकास तथा प्रवदनको कामले गति लिन नसकेको अवस्थामा विकास क्षेत्र समिति गठनले सकारात्मक प्रभाव पार्ने अनुजकुमार श्रेष्ठले बताउनुभयो । चिम्टेश्वर क्षेत्रमा केही दिन अघि मात्र भ्यू टावर निमार्णको सिलान्यास गर्नुभएका प्रदेश सभासद केशव पाण्डेले समग्र बेल्कोटगढीको विकास र पहिचानको लागि समिति निमार्णको कामले समग्र पर्यटन विकासमा सघाउ पुग्ने बताउनुभयो । ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया