प्रधानमन्त्री ओलीले मागे आफ्नै पार्टीका प्रमुख सचेतकको राजीनामा
विदुर खबर
२०७७ मंसिर ३० गते १९:४५
नुवाकोट । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।
स्थायी कमिटीका बैठक लगत्तै बालुवाटार बोलाएर ओलीले राजीनामा मागेका हुन् । सचेतक गुरुङले पार्टीको निर्णय नभई किन राजीनामा दिने भन्दै प्रतिप्रश्न गरेका थिए । जवाफमा ओलीले आफूबिरुद्ध गतिबिधि गर्दै हिँडेकाले राजीनामा मागेको बताए । यस बिषयमा अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट देखिएका छन् ।
ओलीले फोनमार्फत दाहाललाई गुरुङलाई सचेतकबाट हटाउन लागेको जानकारी दिएपछि प्रचण्ड असन्तुष्ट बनेका बताईएको छ । यो बिषयमा सचेतक गुरुङले भने आफूले राजीनामा दिन आवश्यक नदेखेको बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया