सरकारविरुद्ध २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय
विदुर खबर
२०७७ मंसिर १९ गते १९:३३

नुवाकोट । नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आज पदाधिकारी र पूर्वपदाधिकारीहरुबीच बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ ।
यस्तै, कोभिड १९ रोकथाम तथा उपचारमा लापरवाही र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
सम्बन्धित
प्रतिक्रिया