चिलिमे हाइड्रोको साधारणसभा आह्वान , यस्ता छन् एजेण्डा
नुवाकोट । चिलिमे जलविद्युत कम्पनी ले साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले पुस १२ गते कम्पनीको रजिस्टर्ड कार्यालय धुम्बाराहीबाट भर्चुअल माध्यम मार्फत हुने गरि सभा आह्वान गरेको हो । कम्पनीको साधारणसभा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।
त्यस्तै कम्पनीको साधारणसभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने , र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया