नुवाकोटमा आज रातीदेखि लागु हुनेगरि निषेधाज्ञा जारी
विदुर खबर
२०७७ कार्तिक २५ गते ८:०९
नुवाकोट। नुवाकोटमा स्थानीय प्रशासनले मंगलबार रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
काठमाडौंका अस्पताल संक्रमितले भरिएको, आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संक्रमणले जटिल परिस्थिति सिर्जना गरेकाले निषेधाज्ञा जारी गर्नुपरेको बताए ।
जिल्लामा खेलकुद, नाच, मेला, देउसीभैलो तथा भीडभाडमा रोक लगाइएको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको प्रजिअ ढकालले बताए ।
मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिई बस्न, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न भनिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया