स्वास्थ्यकर्मीलाई समान जोखिम भत्ता उपलब्ध गराउन ट्रेड युनियनको माग
नुवाकोट । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको क्षेत्रमा अग्रपंक्तिमा खटिईरहेका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई राज्यले उपलब्ध गराउने जोखिम भत्ता स्थानीयतह पिच्छे फरक फरक उपलब्ध गराईएकोमा आपत्ती जनाउँदै समान रुपमा जोखिम भत्ता उपलब्ध गराउन सम्बद्ध पक्षहरुसंग आग्रह गरेको छ ।
शनिवार नुवाकोटको सदरमुकाम बिदुरमा आयोजित श्रम मापदण्ड संबन्धि ट्रेड युनियन शिक्षा कार्यक्रम का सहभागीहरुले जिल्लाका स्थानीयतहहरुले जोखिम मोलेर संक्रमण रोकथाममा क्रियाशिल स्वास्थ्यकर्मीहरुलाई स्थानीयतहहरुले राज्यको निर्देशिका अनुसार भत्ता उपलब्ध नगराएको गुनासो गरेपछि सोही क्रममा बसेको जिल्ला समितिको बैठकले समान जोखिम भत्ता उपलब्ध गराउन संबन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरिएको जिल्ला सचिव मछिन्द्र खड्काले जानकारी दिएका छन् ।
यसैगरी बैठकले जिल्लाका स्थानीयतहहरुमा सरकारले तोकेको न्यूनतम बेतन नै नदिई काममा लगाउने गरेको पाईएकोले न्यूनतम बेतन उपलब्ध गराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ । बैठकले नेपाली काँग्रेसको सबै संरचनामा श्रमिकहरुको प्रतिनिधित्वका लागि पहल गर्ने र आगामी मंसिर १३ गते बिदुर नगरपालिकाको स्थानीय अधिबेशन गर्ने निर्णय समेत गरेको सचिव खड्काले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया