आज बजार बढ्ने संभावना, अनलाइन कारोबार पनि आजै
विदुरखबर,आज बजार तिव्र गतिमा बढ्ने संभावना देखिउको छ । बैक तथा वित्तिय संस्थामा अत्याधिक पैसा भएको र गत आर्थिक वर्षको पहिलो महिना अर्थात साउन १ गते बजार बढ्ने गरेको कारणले पनि आज बनार बढ्नेमा आफुहरु ढुक्क रहेको एक लगानीकर्ताले बताए ।
साथै बैब तथा वित्तिय संस्थमा पैसा थुप्रिएकोले पनि बजार बढ्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुमा अहिले ७१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ, यो असार ३२ गतेको बाहेकको हिसाब हो । त्यस दिन सरकारले ३३ अर्ब खर्चको भुक्तानी दिएकाले बैंकहरुमा थुप्रिएको रकम अरु बढी हुनसक्ने संभावना छ । सरकारलाई कर बुझाउने पनि असार ३२ गते नै अन्तिम दिन परेकाले सरकारी कोषमा पनि रकम धेरै गएको हुनसक्छ । अघिल्लो सातासम्म बैंकहरुमा ४९ अर्ब हाराहारीमा बढी तरलता थियो । बैंकहरुमा तरलता संकट भयो भनिएको बेलामा यो १०- १२ अर्बमा खुम्चिएको थियो ।
पूँजीगत खर्चको नामम सरकारले भुक्तानी बढाउँदा आर्थिक बर्षको अन्त्यमा बैंकहरुमा ठूलो रकम निक्षेपको रुपमा देखिएको हो । साथै बैंकहरुले असार मसान्तको नजिक कर्जा वितरण रोकेकाले समेत पैसा थुप्रिन सहयोग पुगेको हो, अब कर्जा परिचालनमा आक्रामक हुनसक्छन् ।राष्ट्र बेंकका अनुसार अहिले अन्तर बैंक ब्याज दर २.८ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले ब्याज दर करिडर अनुसार ३ प्रतिशतलाई न्युनतम बिन्दु तोकेको छ ।
बैंकहरुमा धेरै रकम थुप्रिएपछि राष्ट्र बैंकले आजै बजारबाट १० अर्ब रुपैयाँ तान्दैछ । उसले ९० दिन अबधिका लागि यो रकम उपलब्ध गराउन बैंक तथा बित्तीय संस्थाहरुबाट प्रस्ताब मागेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया