बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सतहत्तर हजार भन्दा बढी

ढाका । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।
बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु सङ्ख्या पाँच हजार ५०० पुगेको छ । तथ्याङक अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड–१९ परीक्षण भएकोमा एक हजार २०३ जना सङ्क्रमित भेटिएका हुन् । इस्लाम बहुल यो मुलुकमा शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या एक हजार ४५३ रहेको बताइएको छ ।
अहिलेसम्म कूल दुई लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन् ।सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४६ प्रतिशत रहेको छ भने सङ्क्रमणमुक्त भएको सङ्ख्या ७७.२७ प्रतिशत रहेको छ ।बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी ६४ जनाको मृत्यु जुन ३० मा भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया