पत्रकार शिव देवकोटा कुटपिट प्रकरण : एक पक्राउ दुई फरार

नुवाकोट । नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघका सस्थापक सदस्य शिव देवकोटालाई ज्यान लिने उद्देष्यले आक्रमण गर्ने नुवाकोटका तीनजना पत्रकार विरुद्ध प्रहरीमा जायरी दर्ता भएको छ ।
पत्रकार देवकोटा माथी कुटपिटमा गर्ने नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल र सदस्य सुुजित भण्डारी विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ‘ज्यान मार्ने उद्योग’ अपराधमा जायरी दर्ता भएको हो । पीडित देवकोटाको दाजु शम्भुप्रसाद देवकोटाले दिएको जायरी दर्ता गरेर प्रतिवादी विरुद्ध आजै (आइतबार) नुवाकोट जिल्ला अदालतबाट पक्राउ अनुमति पुर्जि लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुुयाँलले जानकारी दिए ।
उनको अनुसार ज्यान मार्ने उद्योग अपराधको अभियोग लागेका मध्ये पत्रकार महासंघ नुवाकोटका सचिव एवम् रेडियो जालपामा कार्यरत जगदिश खनाललाई प्रहरीले आजै पक्राउ गरेर अनुसन्धानको लागी हिरासतमा राखेको छ । खनाललाई भोलि (सोमबार) अदालतमा उपस्थित गराई हिरासतमा राख्न म्याद लिने जनाएको छ भने बाँकी दुई जना अभियुक्तहरु कपिलदेव खनाल र सुजित भण्डारी सम्पर्कमा नआएकाले उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक फुयाँलले बताए ।
तीन जनाको समूहले देवकोटालाई यही भदौ ५ गते सोमबार विदुरमा निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । देवकोटाको जिल्लामा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौमा उपचार पश्चात यही बिहीबार डिस्चार्ज भएर हाल घरमै आराम गर्दै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया