प्रचण्डका घरबेटी सहित २ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
नुवाकोट । नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी र कांग्रेसका कोइराला पक्ष निकट व्यवसायी हुमनाथ कोइरालाको कम्पनीलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ ।
रासायनिक मल समयमा नल्याएको भन्दै कृषि समाग्री कम्पनीले उक्त कम्पनीलाई कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई सिफारिस गरेको हो । कृषि सामग्री कम्पनीले आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो ।
शैलुङ र होलिकोले कृषि सामग्री कम्पनीले आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्रमा केपिएन १०५र १०६÷०७६÷०७७ अन्तरगत २५÷२५ हजार हजार मेट्रिक टन रासायनि मल ल्याउने ठेक्का पाएका थिए । ठेक्का अबधि समाप्न हुँदा समेत मल नल्याएको भन्दै कृषि सामग्री कम्पनिले भदौ २१ गते धरौटी रकम जफल गदैँ कारवाही गरेको थियो ।
कालोसूचिमा राख्न प्रस्ताव गरिएको शैलुङले ५५ हजार मेट बराबरका दुई ठेक्का पाईसकेको छ । कालोसूचिमा राखिएतापनि उक्त ठेक्का रद्द नहुने कृषि सामग्री कम्पनिले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया