देशभरमा थपिए हालसम्मकै धेरै काेराेना संक्रमित
विदुर खबर
२०७७ भदौ १४ गते १८:१६
गत २४ घण्टामा एक हजार २२१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभरमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ३८ हजार ५६१ पुगेको छ जसमध्ये ३४८ महिला र ८७३ पुरूषहरू रहेका छन् । देशमा अहिले सक्रिय संक्रमित १७ हजार ५१८ जना रहेका छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना गरी कुल उपत्यकाका ४२९ जना छन् ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर २६७ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २० हजार ८२२ जना कोभिड मुक्त भएका छन् । हालसम्म सात हजार ७९७ जना क्वारेन्टिनमा छन् भने हाेम आइसोलेसनमा ६ हजार ९०६ र संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना छन् ।
गत एक दिनमा १२ हजार १७ पीसीआर परीक्षण भएकाे छ । अहिलेसम्म देशभरमा कुल ६ लाख ८२ हजार ३४३ परीक्षण भइसकेकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया