विदुर नगरपालिकाले पिसिआर मेसिन खरिदको लागि प्रकृया अघि बढायो

विदुर खबर २०७७ साउन २६ गते १०:१९

विदुर । विदुर नगरपालिकाले पिसिआर मेसिन खरिदको लागि प्रकृया अगाडि बढाएको छ ।

Advertisement

जिल्ला संकट ब्यबस्थापन केन्द्रको निर्णय अनुसार संघिय सांसद नारायण प्रसाद खतिवडाले स्थानिय पुर्बाधार साँझेदारी कार्यक्रम अन्तर्गत प्राप्त रुपैयाँबाट मेसिन खरिदको लागी रकम उपलब्ध गराउने भएपछी खरिद प्रक्रिया अगाडी बढेको हो । हालको लागी आवश्यक रकम बिदुर नगरपालिकाले खर्च गर्ने र पछी सोधभर्ना गर्नेगरी ब्यबस्था मिलाएको विदुर नगरपालिकाले जनाएको छ ।

जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकमा संघिय सांसद खतिवडाले पिसिआर मेसिन खरिदको लागी आबाश्यक पर्ने सम्पुर्ण खर्च पुर्बाधार बिकास साँझेदारी कार्यक्रम अन्तर्गतत उपलब्ध गराउने भएपछी बिदुर नगरपालिकाले खरिद प्रक्रिया अगाडी बढाएको नगर प्रमुख सञ्जु पण्डितले बताउनुभएको छ । संघिय सांसद खतिवडाले मेसिन खरिदको लागी रकम उपलब्ध गराउने प्रतिबद्धता गरे सँगै प्रदेश सांसद केशब पाण्डेले दिएको प्रतिक्रिया समेत नकरात्मक रहेको नगर प्रमुख पण्डितको भनाई रहेको छ ।

Advertisement

उहाँका अनुशार बाग्मती प्रदेश सरकारले नुवाकोटको लागी पिसिआर मेसिन उपलब्ध गराउन कुनै प्रकृयानै सुरु नै नगरेको बताउनुभएको छ । बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्रि युवराज दुलालसँग आफुले टेलिफोन मार्फत सम्पर्क गरेको बताउदै प्रमुख पण्डितले मेसिन खरिद भएमा सञ्चालन र कर्मचारी ब्यबस्थापनमा मात्रै बाग्मती प्रदेशले  सहयोग गर्ने आश्वासन मात्र दिएको बताउनुभएको छ ।

त्रिशुली अस्पताललाई पिसिआर ल्याब सञ्चालनको लागी रसुवाबाट समेत ४६ लाख रुपैयाँ आउने भएको छ । यस अघिनै रसुवाका निर्बाचित संघिय सांसद मोहन आचार्यले जिल्ला समन्वय समिति मार्फत स्थानिय पुर्बाधार बिकास कार्यक्रम अन्तर्गतको बचत भएको ४६ लाख रुपैयाँ नुवाकोटलाई उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

Advertisement

रकम पठाउनको लागी जिल्ला समन्वय समिति रसुवा मार्फत प्रकृया अगाडी बढेको बताईएको छ । तत्कालिन समय देखि रसुवा, र धादिङको ठुलो क्षेत्रका नागरिकहरुलाई स्वास्थ्यउपचारको लागी त्रिशुली अस्पतालले नजिक र सहज बनेको छ । यसैगरी, बिदुर नगरपालीकाले कोरोना भाईरसको जोखिमयुक्त क्षेत्रमा रहेका सबै नागरिकहरुको पिसिआर परिक्षण गर्ने भएको छ ।

साउन १७ गते देखी २५ गते सम्म सात दिनको अवधीमा ट्राभल्स हिस्ट्रीको आधारमा नागरिकहरुको कोरोना परिक्षण गर्ने भएको हो । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिसकेको अबस्थामा सबै वडामा सिम्बोलिक रुपमा स्वाब संकलन गरी परिक्षण गर्ने योजना बनाएको बिदुर नगरपालिकाका प्रमुख पण्डितले बताउनुभएको छ ।

प्रतिक्रिया