आज सुनको मुल्य घट्यो, प्रतितोला एक लाख दुई हजार ६ सयमा कारोवार
विदुर खबर
२०७७ साउन २५ गते ११:०५
नुवाकोट । पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।
सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
अस्ति शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । यस्तै आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया