नेपालमा कोरोना संक्रमितको संख्या २० हजार पुग्यो
विदुर खबर
२०७७ साउन १९ गते १६:४२

विदुर । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा गएकाे २४ घण्टामा चार सय १८ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६१ पुगेको छ ।
अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया