प्रतिपक्षमा बसेपनि रचनात्मक सहयोग गर्नै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारको भनाई
नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको छ भन्नुभयो ।
उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले फरक प्रसंगमा मुलुकमा धेरै पार्टी नरहने दाबी गर्नुहुँदै नेकपा र नेपाली काँग्रेस मात्र रहने जिकिर गर्नुभयो । उहाँले सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा बर्जू गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३६ करोड, ६६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष राघुनन्दन चौधरीले कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका शीर्षकमा विनियोजित बजेट सार्वजनिक गर्नुभयो
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया