सुनको भाउले ऐतिहासिक रेर्कड कायम गर्यो
विदुर । सुनको भाउले ऐतिहासिक रेर्कड कायम गरेको छ ।
यसदिन सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँमा र तेजाबी सुन ९८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागेको छ। कोरोना भाइरस महामारीसँगै अन्तरराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहँदा नेपाली बजारमा पनि सुनको भाउ लगातार बढ्दो क्रममा छ। अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्र सुनलाई मानिरहेकाले पनि सुनको भाउ बढेको हो।
यसैगरी, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ। गत मंगलबार चाँदीको मूल्यमा उच्च वृद्धि भई प्रतितोला एक हजार २४५ रुपैयाँसम्म पुगेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया