नुवाकोटका ३७ जनाले कोरोना जितेर घर फर्किए
विदुर खबर
२०७७ साउन १७ गते १९:०७
नुवाकोट । नुवाकोटका ३७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका ४३ कोरोना संक्रमितमध्ये ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । बाँकी रहेका ६ जना कोरो संक्रमितमध्ये ३ जनाको त्रिशुली अस्पताल र अन्य ३ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ८ सय ७३ जनाको पिसिआर परिक्षण भएको छ जसमध्ये ४३ जनामा कोरोनाको संक्रमण देखिँदा ७ सय ७१ जनाको पिसिआर नेगेटिभ देखिएको छ।
त्यस्तै ५९ जनाको पिसिआरको नतिजा आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया