वाग्मती प्रदेशको छैटौं अधिवेशन आजदेखि अन्त्य हुने
विदुर खबर
२०७७ साउन ८ गते १८:३८

नुवाकोट ।वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ ।
बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया