एनआईसी एशिया लघुवित्तको आईपिओमा रेकर्ड ब्रेक
नुवाकोट । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा हालसम्म कै धेरै लगानीकर्ताले आवेदन दिएका छन् ।
बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आवेदन दिने आज अन्तिम दिन बेलुका ५:३० बजेसम्ममा कुल ४ लाख १२ हजार २ सय ३२ जनाले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१६ गुणा बढी हो । आईपिओमा आवेदन दिने लगानीकर्ताको संख्याको हिसाबमा यस कम्पनीले इतिहास रचेको छ । यस अघिसम नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा ३ लाख ९१ हजार बढीले अवेदन दिएका थिए जुन हाल सम्म कै उच्च थियो । त्यो रेकर्ड एनआईसी एसिया लघुबित्तले तोडेको हो । सर्वसाधारणलाई शेयर निष्काशन गर्दा ४ लाख बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।
कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया