नुवाकोटको लिखुमा आफ्नै बावुुद्दारा ६ वर्षिय छोरी बलात्कृत
विदुर खबर
२०७७ असार ९ गते २१:४९
विदुर । आफ्नै ६ वर्षिय छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा लिखु गाउँपालिका वडा नम्बर १ बाट एक वावु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ वर्षिय रामे गुरुङ (नाम परिवर्तन ) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गुरुङले आफ्नै छोरीलाई करणी गरिरहेको अवस्थामा उनकी श्रीमतिले देखेपछि प्रहरीमा खबर गरेकी थिइन् । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरीको टोलिले उनलाई पक्राउ गरि जबरजस्ती करणी मुद्दामा कारवाही अगाडी बढाएको छ ।
उनलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया