सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
विदुर खबर
२०७७ असार ९ गते १५:५१

सुर्खेत । सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुष गएको असार ३ गते उपचारको लागि दैलेखबाट सुर्खेत आएको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।
उनी समुुदायस्तरबाट आएकोले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया