बझाङमा क्वारेन्टाइन भित्रै एक युवकले गरे आत्महत्या
बझाङ । बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ‘
६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने । वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियाे । ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् ।
उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया