अनौठो मन्दिर, जहाँ भगवानको हैन कुकुरको पूजा गरिन्छ
भगवानप्रतिको आस्थाका कारण मानिसहरु भगवानको मन्दिर देख्ने बित्तिकै ढोग्ने र आफ्नो आफ्नो भगवानलाई पूर्ण आस्थाका साथ पुज्ने गर्दछन् । तर के तपाईले एउटा यस्तो मन्दिरका बारेमा सुन्नु वा देख्नुभएको छ?, जहाँ कुनै देवीदेवताको हैन कुकुरको पूजा हुने गर्दछ । सुन्दा पत्यार नलाग्न सक्छ । तर यो साँचो कुरा रहेको छ ।
भारतको उत्तर प्रदेशमा रहेको बुलंदशहरभन्दा १५ किमी टाढा रहेको सिकंदराबाद क्षेत्रमा करिब १ सय बर्ष पुरानो मन्दिर रहेको छ, जहाँ कुकरसँग सम्बन्धित एकदमै ठुलो आस्था रहेको छ । कुकुर उक्त मन्दिरका लागि आस्थाको प्रतिकका रुपमा रहेको छ । त्यहाँ हजारौँ मानिसहरु कुकुरको पूजा गर्नका लागि जाने गर्दछन् ।
बर्षाैभरी त्यहाँ कुकुरको पूजा हुने भएपनि खासगरेर दीपावलीको अवसरमा विशेष मेला लाग्ने गर्दछ ।
कुकुरसँग सम्बन्धित त्यहाँ एउटा अनौठो कहानी रहेको छ । भनाई अनुसार सय बर्ष पहिले त्यहाँ लटूरिया बाबा बस्दै आएका थिए । उनीसँग एउटा कुकर रहेको थियो । उनीसँथ सम्पत्ति त टन्नै थियो तर उनी आँखा देख्दैनथे । तर उनको सबै काम उक्त कुकरले नै गरिदिन्थ्यो । उनको त्यो कुकुर कुनै सामान्य कुकुर थिएन भन्ने मान्यता रहेको थियो ।
त्यो कुकुरले बाबाका लागि बजारबाट सामान किनेर ल्याउनेदेखि घरको समेत सबै काम गरिदिन्थ्यो । तर जब ती बाबाले समाधि लिए तब कुकुर पनि उक्त समाधिमा नै हामफाल्यो । बारम्बार कुकुरलाई त्यहाँबाट निकाल्दा पनि उसले बाबासँगै प्राण त्याग्यो ।
मर्नुभन्दा पहिले ती बाबाले भनेका थिए, जहिल्यै पनि मेरो पूजा गर्नुभन्दा पहिले यस कुकुरको पूजा गर्नु । त्यो समयमा त्यहाँका मानिसहरुमा बाबाप्रति अधिक विश्वास रहेको थियो । तबदेखि नै त्यहाँ कुकुरलाई पूजा गरिदै आएको छ । र कुकुरलाई पूजा गर्दा आफूले मागेका सबै कुरा पूरा हुन्छन् भन्ने मान्यता पनि रहेको छ । तबदेखि नै त्यहाँ कुकरकाे प्रतिमूर्ति बताएर पूजा गरिदै अाएकाे छ । एजेन्सी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया