नुवाकोटमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि
विदुर खबर
२०७७ जेठ २८ गते १८:२६
विदुर । नुवाकोटमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा म्यागङ गाउँपालिकाका १८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमति युवक म्यागङ गाउँपालिकाको क्वारेँटाइनमा रहेको बुझिएको छ । यो सँगै नुवाकोटका कोरोना संक्रमितहरुको संख्या ६ पुगेको छ भने एकजना निको भएर घर फर्किसकेका छन ।
यसअघि नुवाकोटमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकामा र ककनी गाउँपालिकामा एक÷एक र म्यागङ गाउँपालिकामा २ जनामा संक्रमण देखिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया