प्रधानमन्त्री रोजगार कार्यक्रम सबै भन्दा कमजोर साबित
नुवाकोट । बजेट खर्चमा प्रधानमन्त्री रोजगार कार्यक्रम सबै भन्दा कमजोर देखिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निकाय र कार्यक्रम मध्ये चालु बजेट खर्च गर्नमा प्रधानमन्त्री रोजगार कार्यक्रम सबै भन्दा कमजोर देखिएको हो । चालु आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालुबजेट तर्फ कुल २ अर्ब ६८ करोड ३० लाख छुट्याइएकोमा कार्यक्रमले फागुन मसान्तसम्म ५६ लाख ७२ हजार मात्र खर्च गरेको छ । यो कुल विनियोजित बजेटको ०.२१ प्रतिशत मात्र हो । गएको आर्थिक वर्षमा यस कार्यक्रमले चालु तर्फ ७४.०१ प्रतिशत र पुँजीगत तर्फ १९.१६ प्रतिशत बजेट मात्र खर्च भएको थियो ।
चालु आर्थिक वर्षमा बजेट खर्चमा प्रधानमन्त्री रोजगार कार्यक्रमपछि सामाजिक सुरक्षा कार्यक्रम कमजोर देखिएको छ । सामाजिक सुरक्षा कोषले चालु आर्थिक वर्षको फागुनतर्फबाट चालुखर्च तर्फ १४.६३ प्रतिशत मात्र खर्च भएको छ । यस कोषको लागि चालु तर्फ २४ करोड ८९ लाख बिनियोजन गरिएकोमा ३ करोड ६४ लाख मात्र खर्च भएको छ ।
मन्त्रालय अन्तर्गतका कार्यक्रम मध्ये चालु तर्फ सबै भन्दा धेरै बजेट खर्च गर्नेमा वैदेशिक रोजगार न्यायिधिकरण गरेको छ । न्यायधिकरणले ५७.६५ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगत तर्फ रोजगार रोजगार प्रबर्दन कार्यक्र मले सबै भन्दा धेरै ७८.३ प्रतिशत बजेट खर्च गरेको छ भने सबै भन्दा कम पुँजीगत खर्च ब्यबसायीक तथा सीप विकास तालिम प्रतिष्ठान रहेको छ । प्रतिष्ठानको पुँजीगत खर्च ३.८७ प्रतिशत मात्र छ ।
हेर्नुस श्रम मन्त्रालयको खर्च विवरण :
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया