कालिका गाउँपालिकामा ३१ लाख बराबरको राहत सामग्री वितरण
रसुवा । रसुवाको कालिका गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाई काम गरिरहेको संस्था जनजागृति महिला समुहले ३१ लाख ५० हजार रूपैयाँको राहत सामग्री हस्तान्तरण गरेको छ ।
समुहकी अध्यक्ष शारदा आर्चायले कालिका गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेलाई क्रिश्चियन एडको सहयोगमा लकडाउनका कारण प्रभावित समुदायका लागि मानविय साहायता कार्यक्रम अन्तर्गत लक्षित वर्गका लागि हस्तान्तरण गर्नुभएको हो । उक्त मुल्य बराबरको राहत सामग्रीमा प्रति परिवार चामल ३० केजि, दाल ३ केजि, तेल २ लिटर, चिनि २ केजि, साबुन २ गोटा, नुन २ पाकाको दरले पाँच सय परिवारका लागि र गर्भवती तथा सुत्केरी र बच्चाको पोषण कार्यक्रम अन्तरर्गत प्रति व्यक्ति हर्लिक्स १, मुसुरो को दाल २.५ केजि, रहरको दाल २.५ केजि, चना ३ केजि, भटमास ३ केजि, राज्मा २.५ केजि, केराउ ३ केजिको प्याकेज बनाएर ३ सय ४८ परिवारलाई हस्तान्तरण गरिएको छ ।
यसका साथै किशोरि तथा महिलाका लागि १० हजार ५ सय पिस सेनिटरि प्याड समेत हस्तान्तरण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया