जेठ २५ देखि छोटोदुरीका गाडी चल्न दिने प्रस्ताव
नुवाकोट । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले यस्तो प्रस्ताव गरेको हो ।प्रस्तावमा जेष्ठ २५ गतेदेखि एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा छोटो दुरीका यात्रूबाहक सवारी संचालन गर्न दिने प्रस्ताव छ । प्रस्तावमा जिल्ला नकाट्ने गरी र गाडीको क्षमता भन्दा आधा मात्र यात्रु राख्ने गरी यात्रुबाहक गाडी चल्न दिने उल्लेख छ ।
त्यस्तै कपाल काट्ने सैलुन र पसल तथा डिपार्टमेन्ट स्टोर पनि पनि खोल्न दिने उल्लेख छ । त्यस्तै सम्बन्धित कार्यालयको परिचयपत्रको आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधन चलन दिने प्रस्तावमा उल्लेख छ । तर दूईपांग्रेको हकमा भने चालकमात्र बस्न पाउने छ । त्यस्तै सोहि मिति देखि नै अस्पताल, प्रयोशाला र निजि क्लिनिकहरु खोल्न दिने प्रस्ताव छ ।यसरी लकडाउन खोल्दाको अवस्थामा पनि व्यक्ति व्यक्तिबीच १ मिटरको दुरी कायम राख्नु पर्ने र आवश्यक सरसफाईको प्रोटोकल पालना गर्नु पर्ने छ ।
त्यस्तै एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यबसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दुरीका सवारीसाधनहरु, सपिंङ मलहरु, र निश्चित समय तोकेर मदिराजन्य पदार्थ बिक्रि गर्ने पसल खोल्न दिने प्रस्ताव छ । तर हवाई सेवा र यात्रु बाहक सवारीमा भने क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाईने छ । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र यो लागु हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया