नुवाकोटमा लकडाउन खुलेको हो ?
विदुर खबर
२०७७ जेठ २२ गते १७:५५
नुवाकोट । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ ।
तर नुवाकोटको बजार क्षेत्रको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने नुवाकोटका बजार क्षेत्रका सडकमा गाडीहरुको ताँती लागेको छ । बिहान कार्यालय समय सुरु हुने बेला सडकमा गाडीहरुको लामो लाइन थियो भने बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको बाक्लो भिड लागेको थियो ।
त्यस्तै सरकारले गरेको लकडाउन आगमी दिनमा थेग्न नसकिने भन्दै आफुहरु कामकाजमा निस्किएको सर्वसाधारणहरुको भनाई रहेको छ ।
त्यस्तै लामो समयको लकडाउनले आफुहरुको व्यवसाय धरापमा परेको व्यापारीहरुले बताएका छन ।
उनीहरुले सरकारले समयमै कर तिर्न र बैंकको व्याज तिर्न समेत दबाब आएकोले आफुहरु पसल खोल्न बाध्य भएको बताएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया