धादिङकी कोरोना संक्रमित काठमाडौंको सतुंगल निवासी
नुवाकोट । बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ ।
धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् । धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको छ । ती महिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बसोबास गर्छिन् । उनी गृहिणी हुन् । शुक्रबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले गल्छी गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको छ ।
पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकको बीच क्षेत्रलाई शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
संक्रमित महिलाको घर भएको क्षेत्रमा पीसीआर परीक्षणको तयारी गरिएको पनि उनले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया