असारे बिकासे खर्च बढेर जाँदा कति जम्मा भयो बैंकहरुमा लगानीयोग्य पैसा ?

असारे बिकासे खर्च बढेर सरकारी ढुकुटीबाट पैसा बाहिर निस्कदा बैंकहरुमा तरलता बढेर गएको छ ।
बैंक तथा बित्तीय संस्थाहरुले आर्थिक बर्षको अन्तिम समयमा कर्जा वितरण रोकेर सबै ध्यान असुलीमा लगाउँने हुँदा पनि लगानीयोग्य रकम थुप्रिएको हो ।राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य अधिक रकम ४९ अर्ब पुगेको छ । एक महिना अघि यो १५ अर्बमा खुम्चिएको थियो ।अहिले अन्तर बैंक ब्याज दर २.९५ प्रतिशत रहेको छ । ब्याज दर करिडरको अबधारण अनुसार ३ प्रतिशत न्युनतम बिन्दु हो ।
बैंकहरुमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर घटाउने क्रम पनि शुरु भएको छ । अहिले धेरै बाणिज्य बैंकहरुले बचतमा ६ प्रतिशत भन्दा धेरै दिएका छैनन् भने मुद्धतीको ब्याज दर साढे आठ प्रतिशतमा झरिसकेको छ । एक महिनाअघि यो १२ प्रतिशतसम्म पुगेको थियो ।कर्जाको ब्याज दर भने आधार ब्याज दर नै माथि रहेको भन्दै बैंकहरुले घटाएका छैनन्, त्यो पनि साउन लागेपछि घट्न थाल्ने अनुमान गरिएको छ
प्रतिक्रिया