जेठ ५ गतेसम्म लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय
विदुर खबर
२०७७ वैशाख २४ गते १५:०१
नुवाकोट । सरकारले जारी गरेको लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो।
तर प्रधानमन्त्री ओलीले भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसिने बताउदै आउनुभएको थियो । सरकारले चैत्र ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो । आज लकडाउन घोषणा भएको ४४ दिन पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया