उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका
विदुर खबर
२०७७ वैशाख ९ गते १३:४८

नुवाकोट । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंका गरिएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ । कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया