सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

नुवाकोट । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक(डिआइजी)को सरुवा तथा पदस्थापन गरेको छ । जसअनुसार सातैवटा प्रदेश तथा दुईवटा ब्युरोका प्रमुख फेरिएका छन् ।
आइतबार बढुवा भएका १० डिआइजीको सोमबार पदस्थापन भएको छ । १० मध्ये सातजना प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका छन् । डिआइजी ईश्वरबाबु कार्की प्रदेश १, धीरजप्रताप सिंह प्रदेश २, वसन्त लामा बागमती प्रदेश, घनश्याम अर्याल गण्डकी प्रदेश, रवीन्द्र धानकु प्रदेश ५, वसन्त पन्त कर्णाली प्रदेश र उत्तमराज सुवेदीलाई सुदूरपश्चिम प्रदेशमा पदस्थापन गरिएको छ ।
सहकुल थापाको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन भएको छ भने सिआइबीका नीरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । प्रदेश २ मा कार्यरत प्रद्युम्न कार्कीको विशेष ब्युरोमा सरुवा भएको छ । अरुण बिसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सूर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
सरकारले प्रहरीको १२ वटा दरबन्दी कटौती गरेर गत साता बढुवा प्रक्रिया अघि बढाएको हो । बढुवाउपर उजुरी नपरेपछि आइतबार बढुवा गरिएकोमा सोमबार दर्ज्यानी चिह्न लगाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया