लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा
विदुर खबर
२०७५ असार २८ गते १५:२४
विदुर÷ लगातार वर्षा हुँदा विदुर नगरपालिका वडा नं २ को धारापानीमा कस्दै आएका १४ घर जोखिममा परेका छन ।
लगातारकोे वर्षाले कारण घरभन्दा मुनि रहेको बारीहरु पहिरोले बगाई १४ घरधुरी पुर्ण रुपमा जोखिमपुर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । जोखिमा परेकाहरुमा धरापानीका राम कुमार कसाई, कुसु राम कसाई,कान्छा कसाई,राम जि कसाई, रामशरण कसाई, कृष्णा कसाई रहेका छन । त्यस्तै अन्यमा नरायण कसाई ,सम्भु कसई,गोपाल कसाई, रामहरी खडकि,सतुमान कसाई,बद्दि कसाई,सोम कसाई ,राजेन्द्र कसाई रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
उनीहरुको घर जोखिममा रहेपनि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया