आरडिटी परीक्षण गर्दा काभ्रेका दुई युवामा कोरोना संक्रमण देखियो

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ ।
थप परिक्षणका लागिधुलिखेल अस्पतालमा ल्याईएको छ ।बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।उहाँ चैत्र ९ गते
भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ । पहिलो परिक्षणमाउहाँलाई संक्रमण देखिएपनि दोश्रो परिक्षणमानदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । द्रुत परिक्षणमा भएको किटले उहाँमा संक्रमण देखाएको हो । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।
त्यस्तै मण्डन देउपुर नगरपालिमावडानम्वर ३ नयाँगाउँका२३ बर्षिय युवामाद्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र७गते दुबईबाटफर्किनु भएको थियो । उहाँलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उहाँलाईपनिथप परिक्षणकालागिधुलिखेल अस्पतालल्याईएको छ । उहाँको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ । काठमाडौको अपार्टमेन्टमा रहेका एक जनालाई धुलिखेलमागरिएको आरडिटी परिक्षणमा संक्रमण देखिएको छैन ।
स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाटकाभ्रेपलाञ्चोक जिल्लाकाविभिन्नपालिकाहरुमाभित्रिएका२ सय ५१जनाब्यक्तिहरुको परिक्षणगर्नेछ । जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण सकेको स्वास्थ्यकार्यालय काभ्रेका प्रमुखएवं कमाण्डपोष्टका सदस्य सचिवडा. नरेन्द्रकुमार झाले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामाकुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरव, मलेसिया, बहराईन, जोर्डन, न्युजील्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युयई, ओमान, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कब्बोडियालगायतकामुलुकहरुबाटजिल्लाबासीहरु जन्मघर फर्किएकाछन् । फर्किएकामध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाटफर्किएकाथिए । दैनीक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्यअवस्थाकाबारेमाजानकारी लिईरहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया