भारतले तीन साता लम्ब्यायो लकडाउन
विदुर खबर
२०७७ वैशाख २ गते ११:०८
नुवाकोट । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ । ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् । भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया