नुवाकोटमा क्वारेन्टाइनमा रहेका १४ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता
नुवाकोट । नुवाकोटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण थालिएको छ । विदुर नगरपालिका १ त्रिशूलीस्थित शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका १४ जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएसंगै उनीहरु घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले भने, ‘उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।’ जिल्लामा र्यापिड डायनोग्टिक टेस्ट (आरडीटी) किट आएपछि कोभिड परीक्षण थालिएको हो ।
क्वारेन्टाइनमा २१ दिन पुगेका १४ जनाको परीक्षण गरी घर पठाइएको कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्लास्तरीय क्राइसिस् मेनेजमेन्ट सेन्टरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । उनले भने, ‘अहिले क्वारेन्टाइन खाली छ ।’
आइतबार विदेशबाट आएका बेलकोटगढी नगरपालिकाभित्रका ६० र तारकेश्वर गाउँपालिकाका ८० जनाको परीक्षण थालिएको छ । गत चैत ४ गतेदेखि यता ३० वर्षमाथिका स्थानीयको परीक्षण थालिएको प्रजिअ पोखरेलले बताए । ‘भारतलगायत तेस्रो देशबाट जिल्ला प्रवेश गरेका स्थानीयको एउटा परिवारका बढी उमेर भएकाको परीक्षण थालेका छौ,’ उनले भने, ‘त्यसपछि क्रमशः अरु गाउँपालिकामा परीक्षण थालिने छ ।’
किट थोरै भएकाले सबैलाई परीक्षण गर्न कठिनाई हुने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाले शनिबार तीन सय आरडीटी जिल्ला स्वास्थ्यलाई पठाएको हो । भारतबाहेक अन्य संक्रमित मुलुकबाट चैत ४ देखि १५ गतेभित्र आएका सबैको परीक्षण गरिने भएको छ ।
जिल्लाको १२ वटै स्थानीय तहमा २ सय ७९ वटा क्वारेनन्टाइन र १८ वटा आइसोलेसन तयारी अवस्थामा छ । जिल्लामा १५ वटा एम्बुलेन्स तयारी राखिएको छ । त्रिशूली अस्पतालमा १५० पीपीई र ३ वटा थर्मल गन रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रेमकुमार राईले ३ वटा थर्मल गन रहेको र ३ वटा स्थानीय तहमा पठाइएको बताए । अहिले सामान्य पेट दुखेको, टाउको दुखेको, हड्डी भाँचिएका दैनिक ५०/६० जना बिरामी बाहेक अन्य कोभिड संक्रमित बिरामी उपचारका लागि नआएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया