कोरोनाबाट एकैदिन धेरै मृत्यु हुनेमा अमेरिका पहिलो
एजेन्सी । कोरोना भाइरसको नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमित संगै मृतकको संख्या पनि दिनहुँ बढ्दो छ । जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ हजार पुगेको छ भने मृतकको संख्या १८ हजार ६ सय नाधेको छ।
अमेरिकामा शुक्रबार मात्रै करिब ३४ हजार नयाँ संक्रमित थपिए भने २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभरको रेकर्डलाई हेर्दा अमेरिकामा कोरोना भाइरसका कारण दैनिक जटिल बन्दै गइरहेको छ। कोरोना भाइरसका कारण एकैदिन २ हजार भन्दा धेरैको मृत्यु हुने मुलुको रेकर्ड पनि अमेरिकाको नाममा दर्ज भएको छ । जोन हप्किन्स यूर्निभसिटीको आँकडा अनुसार २१२४ जनाले ज्यान गुमाएका छन्।
अमेरिकी सरकारले अत्यावश्यक बाहेकका पसल तथा कार्यलयहरु बन्द गर्नुभन्ने आदेश दिएको भएपनि मानिसहरु खुलमखुल्ला हिडँडुल गरिरहेका कारणले पनि यहाँ संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दै गएको हो।
यो समाचार तयार पार्दासम्म अमेरिकाको धेरै जनसंख्या भएको राज्य न्यूयोर्कमा संक्रमितको संख्या १ लाख ७४ हजार नाधेको छ भने मृतकको संख्या ७ हजार ८ सय ८४ पुगेको । यस्तै न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सीमा संक्रमितको संख्या आधा लाख नाघिसकेको छ भने मृतकको संख्या २ हजार पुग्न लागेको छ।
अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दै गएको देखिन्छ । यसरी संक्रमित र मृतकको संख्या बढदै गएको भएपनि सरकारले रोकथामका लागि देश पूरै लकडाउन गर्ने लगायतका निर्णय लिने पक्षमा देखिँदैन्।
अमेरिकामा संक्रमित गैरआवासीय नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हालसम्म संक्रमण पुष्टि भएरै तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनाको रिर्पोट आउन बाँकी रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया