नुवाकोटमा विद्युत आपूर्ति ठप्प, स्थानीयकाे दैनिकी असहज
नुवाकोट– त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएपछि यस क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ। नुवाकोटमा विद्युत आपूर्ति ठप्प हुँदा यहाँका उद्योगधन्दा, कलकारखाना, संचारमाध्यमहरु बन्द हुनुका साथै अन्य क्षेत्रमासमेत असहज स्थिती पेदा भएको छ।
मंगलबार जलविद्युत् गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबाकमा आगलागी भएको हो। आगलागीबाट बसबाकमा पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ। क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए।
उनका अनुसार आगो निभाउन ‘फायर एक्सटिनगुइसर’ उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको उनको भनाइ छ। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका थिए।
आगलागीपश्चात् २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ। २०२३ देखि विद्युत् उत्पादन सुरु गरेको उक्त केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादनलाई निरन्तर दिँदै आएको छ।
विद्युत्त सेवा अवरुद्ध नुवाकोटमा रहेका सञ्चारमाध्यम तथा सञ्चार सेवासमेत अवरुद्ध भएको छ। नुवाकोटमा रहेका सातमध्ये ६ ओटा रेडियोको प्रसारण समेत बन्द भएको छ भने नुवाकोटको एकमात्र टेलिभिजन त्रिशुली टिभीसमेत बन्द भएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था समेत प्रभावित भएका छन्। स्थानीय दैनिकीका अलावा अन्य सेवा सुविधा लिनसमेत सर्वसाधारणलाई सास्ती थपिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया