मिश्रीका गुणैगुणः मुख ताजा राख्नेदेखि पाचन ठिक राख्नसम्म
चिनी स्वास्थ्यका लागि हानिकारक मानिन्छ । जबकी मिश्री कतिपय अवस्थामा राम्रो मानिन्छ । हुन त चिनीकै जमेको कण हो, मिश्री ।
त्यसैले मिश्रीलाई ‘रक सुगर’ पनि भनिन्छ । यसको उत्पादन खासगरी भारत र पर्सियामा हुन्छ । मिश्रीमा हाम्रो स्वास्थ्यमा आउने सानातिना समस्याको समाधान गर्न सक्ने गुण हुन्छ । यसको सेवन मन्दिरमा प्रसादको रुपमा पनि गरिन्छ । यसको अर्थ हो मिश्री अत्यन्त पवित्र खाद्यपदार्थ हो ।
पाचन यन्त्रलाई ठिक राख्छ
मिश्रीको सेवन खाली माउथ फ्रेसनरका लागि नभएर पाचन क्रिया सुधार्नका लागि पनि गर्न सकिन्छ । यसमा रहेको तत्व आन्द्राका लागि फाइदाजनक हुन्छ । यसको सेवन सुपनको बिजसँग गर्न सकिन्छ ।
दैनिक खानापछि मिश्रीको थोरै मात्रामा सुप मिसाएर खाने गर्नुस । यसले पेटलाई चिसो राख्नेछ । मिलो डकार र मुखको दुर्गन्धलाई पनि तुरुन्तै हटाउनेछ ।
घाँटीको खसखस र खोकी
घाँटीमा खसखस भयो वा खोकिले सतायो भने यसको समाधान गर्न सक्छ मिश्रीले । मिश्रीको सानो टुक्रा मुखमा राखौं ।
यसबाट तुरुन्तै खोकीमा आराम मिल्नेछ । बच्चाहरुलाई पनि रुघा खोकी हुँदा मिश्री खुवाउन सकिन्छ । मिश्रीलाई पानीमा मिसाएर पिउँदा आराम मिल्छ । यसका अलावा मिश्रीमा मरिचको धुलो र घिउ मिलाएर पेस्ट बनाउनुपर्छ । राति सुत्नुअघि मनतातो पानीका साथ एक चांथाई चम्चा लिनुपर्छ । यसबाट तपाईंको खोकी ठिक हुन्छ ।
हेमोग्लोबिन बढ्छ
तातो दुधमा केसर र मिश्री मिलाएर पिउँदा शरीरमा शक्ति तथा स्फुर्ति आउँछ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ । यसबाट त्वचामा कान्ति आउँछ । यो दूधले यौन दुर्बलता कम गर्न पनि सहयोग गर्छ ।
हात, गोडाको जलन ठिक गर्छ
नौनी घ्यू र मिश्रीलाई बराबर मात्रामा मिलाएर लगाउँदा हात-गोडाको जलनबाट मुक्ति पाउन सकिन्छ । दुवै चिजले चिसो दिन्छन् । खानामा नौनीघ्यू र मिश्रीको मिश्रण पनि उपयोगी हुन्छ ।
मुखको कालो छाला ठीक गर्छ
मुखको छाला कालो भयो भने मिश्रीलाई अलैंचीसँग मिलाएर पेस्ट बनाउनुस । यो पेस्ट लगाउँदा कालो छाला चाँडै नै हट्छ ।
गर्मीमा मिश्री
मिश्रीमा मिठास र चिसोपना दुवै गुण हुन्छन् । कडा गर्मीमा मिश्रीको उपयोग चिसो पेय बनाउनका लागि गरिन्छ । एक गिलास पानीमा मिश्री मिलाएर पिउँदा गर्मीबाट राहत मिल्छ र शरीरलाई तागत पनि प्राप्त हुन्छ ।
-OnlineKhabar
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया