विदुर नपा ४ द्धारा १ सय ६५ बिपन्न परिवारलाई राहत बितरण
बट्टार । विदुर नगरपालिकाले वडा नम्बर ४ ले १ सय ६५ बिपन्न परिवारलाई राहत बितरण गरेको छ ।
वडा कार्यालयले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका नागरिहरुको तथ्याङक संकलन गर्दै राहत बितरण गरेको हो । नगरपालिकाले राहत बितरण कार्य्बिधि निर्माण गर्दै, बिपन्न, दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई लकडाउनको समयमा राहत उपलब्ध गराउने जनाएको थियो ।
त्यसै अनुसार नगरपालिकाले राहत बितरण गरेको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १ बाट राहत बितरण सुरु गरेको थियो । वडा कार्यालयले संकलन गरेको तथ्याङक अनुसार दैनिक ज्यालादारी गर्दे जिबनयापन गर्नेहरुलाई राहत उपलब्ध गराएको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।
नगर प्रमुख पण्डितका अनुसार नगरपालिकाको १३ वटै वडामा रहेका बिपन्न, दैनिक ज्यालादारी गर्ने नागरिकह्हरुलाई राहत उपलब्ध गराउदै जाने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया